Comments Add Comment

उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १९६० जना प्रहरीको नियन्त्रणमा

Photo Credit : RSS

२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने पाँच सय ४१ महिलासहित  एक हजार नौ सय ६०  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीकाअनुसार यो संख्या शनिबार बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्मको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई तीन घण्टा कोरोना भाइरसबारे प्रशिक्षण दिएर छाडिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीकाअनुसार काठमाडौंबाट एक हजार सात सय ८६, ललितपुरबाट एक सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको हो ।

यसैगरी, दुई सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङ्ग्रे गरी दुई सय ७६ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment