Comments Add Comment

एक महिनामा यसरी फेरियो फुटबल

३० चैत काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) युरोपमा फैलन थालेको एक महिना पुग्यो ।

कोभिड १९ का कारण प्रभावित भएका धेरै क्षेत्र मध्ये खेलकुद पनि प्रमुख हो । यही भाइरसका कारण युरोपका अधिकांश लिग फुटबल स्थगित अवस्थामा छ ।

कोभिड १९ कै कारण स्वीस सुपर लिग फेब्रुअरीमै स्थगित भयो । त्यसपछि इटालियन सिरी ए, स्पेनिस ला लिगा, फ्रासेली लिग वान, जर्मनीको बुण्डेसलिगा हुँदै इंगल्याण्डको प्रिमियर लिगसम्म स्थगित भयो ।

अहिले विश्वमा बेलारुस, निकारागुवा बुरुण्डी र ताजकिस्तानमा मात्र फुटबल लिग चलिरहेको छ । इटलीमा कोरोना नफैलियोस् भने मार्च ८ मा युभेन्ट्स र इन्टर मिलानबीचको खेल क्लोज डोरमा खेलाइएको थियो ।

इंग्ल्याण्डमा म्यानचेष्टर युनाइटेडले म्यानचेष्टर सिटीलाई पराजित गरेपछि लिभरपुल उपाधिको नजिक पुगेको थियो । तर कोरोनाले गर्दा प्रतियोगिता नै स्थगित हुन पुग्यो । जर्मनीमा वायर्न म्युनिखले विजय यात्रालाई निरन्तरता दिँदै शीर्ष स्थानमा अग्रता कायम गरेको छ ।

ला लिगामा रियल मड्रिड रियल बेटिससंग हारेपछि दोस्रो स्थानमा झरेको छ । बोका जुनियर्सले अर्जेन्टिनाको प्रिमेरा डिभिजनको उपाधि जितिसकेको छ । केही देशले क्लोज डोरमा खेल खेलाए पनि युरोपमा भने धेरैजसो स्थगित छन् ।

युभेन्ट्सका सेन्टर फरवार्ड ड्यानिएल रुगानी कोरोना पोजिटिभ हुने पहिलो खेलाडी बने । त्यसपछि उनकै टिममेट पाउलो डिबाला र आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले फुटबललाई फेरि मैदान फर्काउन उपयुक्त समाधान खोज्दैछ ।

आर्थिक संकटले गर्दा क्लबहरु खेलाडीको तलब कटौती गर्नुपर्ने अवस्थामा पुगेका छन् । युईएफएले युरो २०२० लाई स्थगित गरेको छ । यस्तै कोपा अमेरिका पनि एक वर्ष पछि सरेको छ ।

युईएफएले गर्मी सिजनमा फुटबल खेलाउने तयारी गरेको छ । बेल्जियमले यसअघि नै लिग रद्ध गरिसकेको छ । जर्मनी बुण्डेसलिगा मे मा फेरि शुरु गर्ने तयारीमा छ ।

पछिल्लो पटक भएको ठूलो फुटबल खेल मार्च ११ लिभरपुल र एट्लेटिको मड्रिडबीच थियो । साविक विजेता लिभरपुललाई ३-२ ले हराउदै स्पेनिस क्लब एट्लेटिको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

यो सरुवा रोग विस्तारै रोकिएला, फुटबल फेरि मैदानमा फर्किएका तर केही पनि यसअघिको जस्तो हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment