Comments Add Comment

राष्ट्रियसभाका अध्यक्षले कोरोनाबारे भर्चुअल छलफल गर्दै

१ वैशाख, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस (कोभिड–१९) का विषयमा भर्चुअल छलफल गर्दैछन् ।

सोमबार दिउँसो १ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट अध्यक्ष तिमिल्सिनाले कोरोनाविरुद्धको राष्ट्रिय अभियानमा राष्टिय सभाले के कसरी योगदान पु¥याउन सक्छ र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाबारे गर्न लागेको भर्चुअल छलफलमा संसदीय दलका नेता, सचेतक र विषयगत समितिका सभापति सहभागी हुने संसद सचिवालयले जनाएको छ ।

केही दिन अगाडि प्रतिनिधिसभाको अर्थ समितिको पनि भर्चुअल बैठक बसेको थियो ।

पछिल्लो समय कोरोना भाइरसको त्रासका कारण मिनि संसदमा भर्चुअल बैठकको अभ्यास सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment