Comments Add Comment

काठमाडौंका मेयरले भने– गाउँ जानु पर्दैन, समस्या भए सहयोग गर्छौ

Photo Credit : File Picture

१ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नयाँवर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्ण महानगरवासीमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नयाँ वर्षको अवसरमासन्देश जारी गर्दै उनले कोरोना भइरस (कोभिङ–१९) बाट हामी सीघ्र मुक्त हुन सकौँ भन्ने कामना समेत व्यक्त गरेका छन् ।

‘यस महामारी विरुद्ध लड्न हामी सबैलाई साहस र हौसला प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु,’ सन्देशमा उल्लेख छ । उनले अहिले विश्वभरी नै कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन समेत आग्रह गरेका छन् ।

यस्तो स्थितिमा सरकारले लागु गरेको लकडाउनको पालन गर्दै आफ्नै घरपरिवार भित्र सीमित रही मनाउन उनले महानगरवासीमा अपिल गरेका छन् । ‘यस विषम परिस्थितिमा महानगरवासीमा परेको असुविधाप्रति दुःख व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न अहिले काठमाडौँ महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधी छर्कने, बु्रमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्यलाई तिव्रता दिदैँ आइरहेका पनि उनले उल्लेख गरेका छन् ।

‘लकडाउनका कारणले हातमुख जाड्न समस्यामा परेका नगरवासीलाई वडा कार्यालयहरुबाट राहत सामग्री उपलब्ध गराइरहेका छौँ,’ उनले भनेका छन् । नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति उहाँले संकेत गर्दै उनले संकटको घडीमा गाउँ नफर्किन पनि आग्रह गरेका छन् ।

‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचार सुनिनमा आएका छन् । यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न हुन र विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment