Comments Add Comment

आजबाट भर्चुअल लिटरेचर फेस्टिभल

किताब यात्रा फाउन्डेसनको आयोजनामा सोमबारबाट ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ सुरु भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लकडाउन भइरहेको स्थितिमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यका साथ फेस्टिभल सुरु गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए ।

‘काठमाडौंमा किताब जात्रा सम्पन्न गरिसकेपछि हामी सातै प्रदेशमा जाने योजना बनाइरहेका थियौं । त्यसैबेला महामारीको संकट आइलाग्यो । यो समयमा सिर्जनशील बनिरहन यस्तो भर्चुअल छलफलले सहयोग पुग्ने देखेर फेस्टिभल गरेका हौं’, फेस्टिभल डाइरेक्टरसमेत रहेका अधिकारीले भने ।

फेस्टिभलको पहिलो दिन दुई सत्रमा बहस हुने सेसन कोअर्डिनेटर शकुन्तला जोशीले बताइन् । उनका अनुसार पहिलो सेसनमा ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरेका छन् । निरुपा प्रसुनले सहजीकरण गर्ने सत्र दिउँसो १ बजे लाइभ भइसकेको छ ।

त्यस्तै, दोस्रो सत्रमा रङ्गकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा बहस गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment