Comments Add Comment

श्रीलंकामा कोरोनाले मृत्यु भएकाको शव जलाउनुपर्ने, मुस्लिम समुदाय दुखित

१ वैशाख, काठमाडौं । श्रीलंकाले कोरोना भाइरसका कारण मृत्यु हुने व्यक्तिको शव जलाउने गरेको छ । श्रीलंकाले जुनसुकै धर्मका व्यक्तिहरु भएपनि कोरोनाका कारण मृत्यु हुने व्यक्तिहरुको शव अनिवार्य जलाउन निर्णय गरेको हो ।

श्रीलंकाली सरकारको यस्तो निर्णयप्रति अल्पसंख्यक मुस्लिम समुदायले विरोध जनाएको छ । मुस्लिम समुदायको विरोधको उपेक्षा गर्दै श्रीलंकाली सरकारले यस्तो निर्णय गरेको हो ।

समाचार एजेन्सी एएफपीकाअनुसार श्रीलंकामा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म सात जनाको मृत्यु भइसकेको छ । तीमध्ये तीन जना मुस्लिम थिए । उनीहरुको शव समेत जलाइएको थियो, जबकी मृतकका आफन्तले शव जलाउन तयार थिएनन् ।

कुल २‍.१ करोड जनसंख्या रहेको श्रीलंकामा मुस्लिम समुदायको संख्या १० प्रतिशत छन् । श्रीलंकाका मुस्लिम नेताहरूले सरकारले धार्मिक र परिवारको भावनाको अपमान गरेको आरोप लगाएका छन् ।

मुस्लिम र बहुसंख्यक सिंहली समुदायमा गतवर्षको इस्टरदेखि नै तनाव छ ।

गत वर्ष इस्टरको दिन, स्थानीय चरमपन्थीहरूले तीन होटल र एउटा चर्चमा आक्रमण गरेर २७९ जनालाई मारेको आरोप लगाइएको थियो । त्यसबेलादेखि सिन्हालीहरूको आक्रमण मुस्लिम समुदायमा बढेको थियो । सयौं घर र पसलहरू जलाइको थियो ।

आइतबार श्रीलंकाको क्याथोलिक चर्चले भन्यो कि तिनीहरूले आत्मघाती हमलाकारीलाई माफी दियो ।

श्रीलंकामा हालसम्म २०० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भेटिएका छन् । श्रीलंकामा संक्रमण रोक्नको लागि अनिश्चित कर्फ्यु लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment