Comments Add Comment

आहा ! नयाँ वर्षमा फक्रिएका फूल (फोटो फिचर)

१ वैशाख, काठमाडौं । आजबाट पात्रो फेरिएर नयाँ वर्ष लाग्यो । बसन्त ऋतुको यो समयमा बाहिर नयाँ वर्ष लागको अनुभुति दिने गरी मानवीय चहलपहल छैन । कोरोनाको डरले सबैलाई घरभित्रै थुनिनु परेको छ ।

तर, बसन्तले आफ्नो धर्म छाडेका छैन । नयाँ वर्षसँग प्रकतिले पनि आफ्नो रंग फेरेको छ ।

काठमाडौंका पार्क तथा सडकका किनार र मध्य भागमा फूल ढकमक्क भएका छन् । रुख, विरुवा र बुट्यानले नयाँ पालुवा फेरेका छन् । नयाँ मुनाहरुले यो नयाँ वर्षमा स्वच्छ वायुमा झुम्न पाएका छन् ।

यस्तो मनमोहक प्रकाृतिक सौन्दर्य नियाल्न मान्छेहरु सडकसम्म आउन सकेका छैनन् । विगतमा जस्तो फूल र पालुवालाई निमोठिन र चुँडिन परेको छैन । त्यसैले नयाँ वर्षमा फूलहरु निस्फिक्री फक्रिँदै छन् ।

शून्य सडकमा पनि फूलले आफ्नो सुगन्ध फिँजाएका छन् । सडक र पार्कहरुमा बसन्त ऋतुको प्राकतिक बहार छरेर फूलेका रातो, सेतो, छिकेबिर्के फूलले नयाँ वर्षलाई स्वागत गरेका छन् ।

गज्जबले फूल फुलेकाले नै सडक, यात्रु प्रतिक्षालय, पार्कहरु मनमोहक देखिएका छन् । जताततै मानव निर्मित संरचनाले अस्तव्यस्त देखिने काठमाडौंमा यी फूल अहिलेको संकटको घडीमा आशा बनेर फूलेका छन् । आफ्नो कर्म, धर्म र कर्तब्य निभाउन मान्छेलाई प्रेरित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment