Comments Add Comment

क्वारेन्टाइन बनाउन सरकारलाई सहयोग गर्ने होस्टल एसोसिएसनको घोषणा

१ वैशाख, काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि नेपाल होस्टल एसोसिएसनले सरकारलाई बेड तथा भवन उपलब्ध गराउने घोषणा गरेको छ ।

कोरोनाका सम्भावित संक्रमितको उपचारका लागि आवश्यक परेको खण्डमा क्वारेन्टाइन निर्माणका लागि आवश्यक बेड तथा भेवन सरकारलाई उपलब्ध गराउने निर्णय एसोसिएसनले गरेको हो ।

एसोसिएसनका जिल्ला समन्वय तथा अतिरिक्त क्रियाकलाप विभागका केन्द्रीय संयोजक सुनिल भेटवालका अनुसार ५ सय बेड तत्काल उपलब्ध गराउन सक्ने गरी तयार गरिएको छ । थप आवश्यकता अनुसार एक हजार बेडसम्म सहयोग गर्न सकिने भेटवालले बताए ।

लकडाउनका कारण अनलाइनमा बसेको एसोसिएसनका पदाधिकारीको बैठकले राज्यलाई सहयोग उपलब्ध गर्ने निर्णय गरेको अध्यक्ष भक्तिप्रसाद पाठकले एक वक्तव्य जारी गरेर भनेका छन् ।

उनले भनेका छन्, ‘केन्द्रीय नेतृत्वको यो निर्णयका लागि आवश्यक वातावरण निर्माण गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दछौं । आम होस्टल व्यवसायी मित्रहरुलाई केन्द्रीय कार्यसमितिको यो निर्णयलाई ऐतिहासिक अवसरको रुपमा शिरोधार्य गर्नु हुनेछ भन्ने पनि हाम्रो विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment