Comments Add Comment

पैदलयात्रुलाई बाटोमा खाना खुवाउन स्थानीय तहलाई आग्रह

२ वैशाख, काठमाडौं । लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरका गाउँपालिका प्रमुखहरुलाई पत्र लेखेर काठमाडौंबाट बाहिरिने पैदल यात्रुहरुका लागि खाना, खाजा र पानीको प्रवन्ध मिलाउन भनेका हुन् ।

लकडाउनका कारण कामविहीन भएपछि दैनिक ज्यालादारी गर्नेहरुले काठमाडौं उपत्यका छाड्ने क्रम चलिरहेको छ ।

गाडीको व्यवस्था नभएपछि उनीहरु पैदलै हिँडेर घर फर्किन बाध्य भएका छन् ।

लामो पैदल यात्रा रोजेर मानिसहरू घर फर्किन थालेपछि गाउँपालिका महासंघ नेपालले यसबारे चासो देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment