Comments Add Comment

भारतका १० हजार बढीमा कोरोना संक्रमण, ३३९ को मृत्यु

२ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ । एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि यहाँका कुल संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ३९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो । प्रकोप न्यूनीकरणका लागि भारतले मंगलबार मात्रै जारी लकडाउन ३ साता लम्ब्याउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment