Comments Add Comment

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

३ बैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

‘अर्को व्यवस्था नभएसम्म कार्यकारी अधिकारसहित’ घिमिरेलाई नियुक्त गरिएको मन्त्रिपरिषद स्रोतले बतायो ।

घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनले पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालयमा सचिव भएर काम गरेका थिए । घिमिरेले पछिल्लो समय पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment