Comments Add Comment

सनसिटीमा यसरी भइरहेको छ कोरोना परीक्षण (फोटो फिचर)

३ बैशाख, काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ ।

बुधबार बिहान साढे नौ बजेदेखि अपार्टमेन्टमा कोराना संक्रमणको एन्टीबडी परीक्षण सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । नगर प्रमुख थापाका अनुसार बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर तीनवटा टेबलबाट परीक्षण भइरहेको छ । सनसिटीका पाँचवटा ब्लकमा पाँच सय परिवारका करिब एक हजार पाँच सय जना बस्दै आएका छन्।

यसरी भइरहेको छ

 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment