Comments Add Comment

पोखरामा पनि भेटियो र्‍यापिड टेस्टमा पोजेटिभ

३ वैशाख, पोखरा । पोखरामा एक ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ ।

पोखरा महानगरपालिका-१२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

‘उहाँ २७ दिनअघि मात्रै दुबईबाट फर्किनुभएको रहेछ,’ शर्माले भने, ‘र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाएका छौं ।’  उनले प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने जानकारी दिए ।

पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो । ‘उहाँमा कुनै लक्षण भने देखिएको छैन । विदेशबाट फर्किएको धेरै दिन भइसकेको रहेछ’ उनले भने ।

पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment