Comments Add Comment

कोरोना संक्रमितको उपचार गर्न उपकरण र जनशक्ति अभाव छ : प्रदेश ५ का सभामुख घर्ती

३ वैशाख, काठमाडौं । प्रदेश ५ को प्रदेशसभाका सभामुख पूर्णबहादुुर घर्तीले आफ्नो प्रदेशमा कोरोना परीक्षण र उपचारका लागि उपकरण दक्ष जनशक्ति अभाव भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेको भिडियो कन्फरेन्स कुराकानीमा उनले प्रदेश ५ मा कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितको आईसीयू, एम्बुलेस र दक्ष जनशक्तिको अभाव भएको बताए । फोहोर व्यवस्थापनमा पनि समस्या देखिएको सभामुख घर्तीले बताए ।

उनले विदेशमा रहेकाहरु स्वदेश फर्कन चाहिरहेको र कतिपय देशले फर्कन चाहनेलाई फकर्नु भनेको समेत उल्लेख गर्दै नेपालले पनि विदेशमा रहेका नेपालीको उद्धार गर्ने विषयमा सोच्नुपर्ने बताए ।

सभामुख घर्तीले प्रदेश सरकार र स्थानीय तहको भूमिका कमजोर बनाएर संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिएको पनि टिप्पणी गरेका छन् ।

‘संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रत्यायोजनले प्रदेश सरकार र स्थानीय तहको भूमिकालाई कमजोर बनाएको महसुस भएको छ’ उनले भने ।

सभामुख घर्तीले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकारको पुनर्मुल्याङ्कन गर्न र सोही अनुसारको मर्यादा कायम गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

बुधबार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँगको सातै प्रदेशका सभामुखहरुसँग भर्चुअल बैठक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment