Comments Add Comment

भूमिहीनको पक्षमा काम गर्छु : ज्ञवाली

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिका-५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताए ।

गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने उनको प्रतिबद्धता छ।

‘भूमिहीन जनताको सर्वोपरि हितलाई ध्यानमा राखी काम गर्नेछु,’ ज्ञवालीले अगाडि भने ।

संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रूपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधानप्रदत्त अधिकार उपयोग गर्न कोही वञ्चित नरहने बताए ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार बनेका ज्ञवाली झिनो मतअन्तरले तत्कालीन नेकपा (माओवादी) का रेनु दाहालसँग पराजित भएका थिए । ज्ञवालीसँग तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment