Comments Add Comment

विराटनगरको कोभिड अस्पताललाई ६ वटा आइसीयू बेड हस्तान्तरण

३ वैशाख, विराटनगर । प्रदेश १ सरकारले कोभिड-१९ उपचार केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय गरेको कोसी अस्पताललाई तीन गैरसरकारी संस्थाले छ आईसीयू वेड हस्तान्तरण गरेका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयू वेड हस्तान्तरण गरिएको हो ।

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले तीन लाख ५९ हजारको तीन वटा र स्विस सरकार विकास सहयोग (एसडीसी) ले तीन लाख ५० हजारको तीन वटा वेड हस्तान्तरण गरेको हो ।

कोभिड अस्पताललाई आज इलेक्ट्रिक तीन वटा र म्यानुअल आईसीयू वेड तीन वटा हस्तान्तरण गरिएको हो । कोभिड-१९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाइन यूपीएस हस्तान्तरण गरेको छ । तीन लाख ६० हजारको अनलाइन यूपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिए ।

आईसीयू वेड र अनलाइन यूपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने बताए ।

यसअघि कोभिड अस्पतालाई विराटनगर राउण्ड टेबल नम्वर ५ र काठमाडौं मेट्रो राउण्ड टेबल नम्बर ४ ले संयुक्त रूपमा दुई वटा आईसीयू वेड हस्तान्तरण गरेका थिए । करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment