Comments Add Comment

नागरिक उड्डयन प्राधिकरणले कोरोना कोषमा दियो १ करोड

३ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणले बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई चेक हस्तान्तरण गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले रकम हस्तान्तरण गरेका हुन् । कोरोना कोषमा विभिन्न संघसंस्थाबाट अहिलेसम्म २ अर्ब भन्दा बढी रकम जम्मा भइसकेको छ । यो रकम सरकारले कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणमा प्रयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment