Comments Add Comment

कोरोनाबाट गर्भवती नर्सको मृत्यु, बच्चा सकुशल

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट एक गर्भवती नर्सको मृत्यु भएको छ ।

तर उनको नवजात शिशुको अवस्था ठीक छ ।

बेलायतको लुटन एण्ड डन्स्टेबल युनिभर्सिटी हस्पिटलमा २८ वर्षीया मेरी एगुवा एग्यापोङको आइतबार मृत्यु भएको हो । उनी पाँच वर्षदेखि सोही अस्पतालमा कार्यरत थिइन् ।

उनको मृत्यु हुनुअगाडि नै अपरेशन गरेर पेटमा भएको बच्चालाई जन्म दिइएको इण्डिपेन्डेन्ट न्यूजले जनाएको छ । अस्पतालकी प्रवक्ताले अहिले बच्चाको अवस्था निकै राम्रो रहेको बताएकी छिन् । तर यस विषयमा थप जानकारी भने दिइएको छैन ।

एग्यापोङ कोभिड–१९ को संक्रमण देखिएको दुईदिनपछि अप्रिल ७ मा अस्पतालमा भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment