Comments Add Comment

लकडाउनमा परेका जनतालाई एटीएमबाट निःशुल्क चामल

लकडाउनका कारण समस्यामा परेका जनताहरुको दैनिकी सहज पार्नका लागि दुनियाँका लोक कल्याणकारी सरकारहरुले अनेक खालका उपाय अवलम्बन गरिरहेका छन् ।

दक्षिणपूर्वी एसियाली देश भियतनामले जनतालाई चामल बाँड्नका लागि एउटा अनौठो उपाय अपनाएको छ ।

जनतालाई निःशुल्क चामल बाँड्नका लागि भियतनामले चामल दिने मेसिन अर्थात् राइस एटीएम सञ्चालन गरेको छ ।

बैङ्कका एटीएमबाट पैसा निकाल्न सकिएझैं उक्त राइस एटीएमबाट मानिसहरूले निःशुल्क रूपमा चामल प्राप्त गर्न सक्नेछन् । यो एटीएम २४ सै घण्टा चल्नेछ ।

भियतनामका एकजना व्यवसायीले उक्त चामल एटीएम स्थापना गरेका हुन् ता कि लकडाउनमा मानिसहरु खान नपाएर छट्पटिनु नपरोस् । उक्त राइस एटीएमबाट मानिसहरु लाभान्वित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भियतनाममा कोरोना संक्रमणको दर कम भए पनि त्यहाँ ३१ मार्चदेखि लकडाउन जारी छ । भियतनामका जनताले उक्त लकडाउनको पालना तथा सामाजिक दुरीसम्बन्धी नियमको पालना गम्भीरतापूर्वक गरिरहेका छन् ।

उक्त एटीएम मेसिनबाट एक जनाले एक दिनमा डेढ किलो चामल लिन पाउनेछन् । घरेलु कामदार, सकड पसले तथा भाग्यचिट्ठा बेचेर पैसा कमाउने मानिसहरुका लागि यो मेसिन निकै सहयोगी भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment