Comments Add Comment

प्रहरी हिरासतबाट भागेका युवक पक्राउ

४ वैशाख, जनकपुरधाम । पाँच महिनाअघि सिरहाको महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बहुविवाह मुद्दाका फरार प्रतिवादी लक्ष्मीपुर पतारी गाउँपालिका ३ बस्ने संजयकुमार यादव छन् । ३३ बर्षीय यादवलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बहुविवाह मुद्दामा पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतमा राखिएको थियो । उनी मंसिर १४ गते हिरासतबाटै फरार भएका थिए ।

उनलाई महेशपुरपतारी इलाका प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment