Comments Add Comment

न्युयोर्कमा १५ मे सम्म बढ्यो लकडाउन

काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउन मे १५ सम्म जारी रहने भएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले १५ मे सम्म लम्ब्याउने घोषणा गरेका हुन् । साथै कहिलेदेखि लकडाउन खुलाइने भन्ने कुराको निर्णय विशेषज्ञहरुले लिने बताएका छन् ।

कुओमोले लकडाउन खोल्ने निर्णय भावना र राजनीतिक पूर्वाग्रहको आधारमा नहुने बताएका छन् । त्यसको लागि तथ्यांक र विज्ञानको अध्ययन गरिने उनको भनाइ छ ।

न्युयोर्कमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार एक दिनमा न्युयोर्कमा ६०६ जनाको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा न्युयोर्कमा सात सय ५२ जनाको मृत्यु भएको थियो ।

यससँगै न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार दुई सय ५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment