Comments Add Comment

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका हेटौंडाको चारजनाकै रिपोर्ट नेगेटिभ

५ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४ मा बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ रिपोर्ट आएका ४ जनाको प्रयोगशाला परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

तीन जना पुरुष र एकजना महिलाको हेटौंडा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको अस्पतालका आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले बताए ।

आरडीटी टेस्टमा पोजेटिभ देखिएकी महिला भने भारतकी हुन् । उनी हेटौंडा-४ मा आफन्तको घरमा आएकी थिइन् ।

आरडीटी टेस्टमा पोजेटिभ देखिएका अन्यमा भारतबाट फर्किएका ६७ वर्षका हेटौंडा उपमहानगरपालिका-२ का पुरुष, भारत बैङ्ग्लोरबाट फर्किएका हेटौंडा-५ का २४ वर्षीय युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment