Comments Add Comment

कोरोना भाइरसका कारण इंगल्याण्डमा पूर्वखेलाडीको मृत्यु

५ वैशाख, काठमाडौं । इंगल्याण्डका पूर्वडिफेन्डर तथा लिड्स युनाइटेडका लेजेण्ड फुटबलर नोर्मन हन्टरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

उनलाई एक साता अघि कोरोना संक्रमण देखिएपछि अस्पतान भर्ना गरिएको थियो । लिड्न युनाइटेडले हन्टरको मृत्युबाट क्लबलाई ठूलो क्षति भएको बताएका छन् । उनले लिड्सबाट दुई लिग उपाधि जितेका थिए ।

लिड्सको सफल खेलाडीमध्ये एक रहेका हन्टर ‘बाइट्स येर लेग्स’ उपनामले परिचित थिए ।

७६ वर्षका हन्टरले इंगल्याण्डका लागि २८ खेल खेलका थिए । सन् १९६६ मा इंगल्याण्डले विश्वकप फुटबलको उपाधि जित्दा उनी टिममा थिए । तर, कुनै खेल खेल्न भने पाएका थिएनन् ।

१५ वर्ष लिड्समा रहँदा उनले सात सय २६ खेल खेले । जहाँ उनले दुई लिग उपाधि जिते भने सन् १९७५ को युरोपियन फाइनलसमेत खेलेका थिए । उक्त फाइनलमा लिड्स वायर्न म्युनिखसँग पराजित भएको थियो । हन्टरले ब्रिस्टोल सिटी र बान्र्सलेबाट समेत खेलेका थिए ।

हन्टरले सन् १९७४ मा पिएफए प्लेअर्स प्लेअर अफ दि इअरको अवार्ड समेत जितेका थिए ।

लिड्सले उनको लेगेसी कहिल्यै नबिर्सने जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण यसअघि पनि खेलक्षेत्रका अन्य व्यक्तिहरुको समेत मृत्यु भएको छ । पाकिस्तानी फूर्व क्रिकेटर जफर सर्फराज, पाकिस्तानकै लिजेण्ड स्क्वास खेलाडी आजम खानको कोरोनाकै कारण इंगल्याण्डमा मृत्यु भएको थियो ।

यस्तै दुई पटक ओलम्पिक खेलेका इटालियन धावक दोनातो साबियाको कोरोनाकै कारण मृत्यु भएको हो । उनी कोरोनाबाट मृत्यु हुने पहिलो ओलम्पियनसमेत हुन् ।

यसबाहेक स्वीटजरल्याण्डका आइस हक्की लेजेन्ड ७९ वर्षका रोजर सेपो, फ्रान्सेली फुटबल क्लब रिम्सका डाक्टर ६० वर्षीय बर्नाड गोन्जालेस, इंगल्याण्डको लंकासायर क्रिकेट क्लबका अध्यक्ष ७१ वर्षका डेभिज हजकिस, फ्रान्सको ओलम्पिक डी मार्सल फुटबल क्लबका पूर्वअध्यक्ष ६८ वर्षका पेप दिअफको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment