Comments Add Comment

वीरगञ्जमा अत्यावश्यक वस्तुका पसल ११ देखि ३ बजेसम्म खुल्ने

५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा शनिबारदेखि अत्यावश्यक वस्तु बिक्री गर्ने पसल विहान ११ देखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले खाद्य, किराना, पानी, ग्यासका पसल विहान ११ देखि ३ बजेसम्म खोल्ने निर्णय गरेको हो ।

खुला स्थानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न नदिने तर होम डेलिभरी भने गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

तीन दिनअघि प्रशासनले नै बिहान सबेरैदेखि ७ बजेसम्म मात्रै अत्यावश्यक वस्तुको पसल खोल्न पाउने निर्णय गरेको थियो । तर पसलमा भिड देखिएपछि प्रशासनले दिउँसोको समयमा बिक्री गर्ने व्यवस्था गरेको हो ।

साँगुरा गल्ली, चोकहरुमा भने बिक्री वितरण गर्न नदिने, अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने स्थानमा भिडभाड हुन नदिने तथा व्यवसायीले उपभोक्ताहरुबीच कम्तीमा ३ फिटको दुरी कायम गर्नुपर्ने निर्णय पनि प्रशासन कार्यालयले गरेको छ ।

त्यस्तै व्यवसायी र ग्राहक सबैलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, अत्यावश्यक वस्तुहरुको खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरि खाद्य, किराना, अन्य अत्यावश्यक वस्तु तथा कृषि उत्पादन, मल, बीउ आदिको ढुवानी साँझ ७ बजेपछि गर्ने व्यवस्था मिलाउने पनि प्रशासन कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment