Comments Add Comment

व्यस्त राजमार्गमा जहाज अवतरण, तर गाडी गुडेको गुड्यै (भिडियोसहित)

क्यानडाको क्युबेकस्थित राजमार्गमा बिहिबार विहान एउटा हवाईजहाज आकस्मिक अवतरण गर्यो । सानो आकारको उक्त जहाज राजमार्गको बीच भागमै अवतरण गरेको थियो ।

सार्वजनिक भएको भिडियोमा उक्त जहाज केही बेर राजमार्गमा अवरणका लागि खाली ठाउँ खोज्दै उडिरहेको देखिन्छ र खाली ठाउँ पाउने बित्तिकै सडकमै अवतरण गरेको देखिन्छ । जहाज अवतरण गर्ने बेला पनि राजमार्गमा चाहिँ गाडीहरू गुडिरहेका थिए । पाइलटले यति उत्कृष्ट ढंगले अवतरण गराए कि जहाजले सडकमा गुडेका कुनै सवारी साधनमा ठक्कर दिएन ।

एकजना ट्वीटर प्रयोगकर्ता Lauthfee Javier C Alastair ले आफ्नो ट्विटरमा उक्त भिडियो अपलोड गरेको थिए । क्युबेकस्थित हाइबे ४० मा उक्त बिहान १० बजेको समयमा घटना भएको हो ।

उक्त असाधारण अवतरणको भिडियो ट्विटरमा भाइरल बनिरहेको छ । समाचार तयार पार्दासम्म उक्त भिडियो दशौँ लाखले हेरिसकेका छन् भने हजारौँले लाइक तथा रिट्विट गरिसकेका छन् ।

सडकमा हवाइजहाज अवतरण गर्दा समेत गाडीहरू पूर्ववत् रूपमा चलिरहेको दृश्यप्रति धेरैले आश्चर्य प्रकट गरेका छन् । साथै, पाइलटको सुझबुझपूर्ण निर्णयले जहाज दुर्घटनाबाट बँचेको भन्दै धेरैले प्रसंसा गरेका छन् ।

जहाज अवतरण भएसँगै गाडीहरूको गतिमा भने केही कमी आएको देखिन्छ । गाडीहरू बायाँ लेनमा मोडिएर गुडेका छन् ।

कतिपय ट्विटर प्रयोगकर्ताले चाहिँ पाइलट मात्र नभई सवारी चालकहरू समेतको सुझबुझका कारण अवतरणपछि दुर्घटना नभएको बताएका छन् ।

यदि सवारी चालकहरूले संयमता नअपनाएका भए सडकमा तीव्र गतिमा गुडिरहेका गाडीहरू जहाजमा ठोक्किने वा एक्कासि ब्रेक लगाउनुपर्दा दुर्घटना हुने जोखिम हुन्थ्यो ।

उक्त घटनामा पाइलट तथा गाडीका यात्रुहरू कोही पनि घाइते नभएको प्रहरीले पुष्टि गरेको छ ।

जहाज के कारणले सडकमा आकस्मिक अवतरण गरेको हो भन्ने खुलेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment