Comments Add Comment

एक बोतल ह्विस्कीको १६ करोड रुपैयाँ, बन्दैछ विश्वकै महँगो रक्सी

भनिन्छ, रक्सी जति धेरै पुरानो भयो उति नै गज्जब हुन्छ । तर, स्वादमा गज्जब मात्र होइन, पुरानो रक्सी मूल्यमा पनि उधुम हुँदो रहेछ ।

यही सप्ताहन्तमा अस्ट्रेलियामा एउटा दुर्लभ मदिराको लिलामी हुँदैछ । उक्त ह्विस्कीको बोतलले विश्व रेकर्ड कायम गर्ने विश्वास गरिएको छ ।

स्कटसिस कुरियर पत्रिकाका अनुसार पर्थस्थित ह्विस्की लिलामी कम्पनीले एउटा दुर्लभ ह्विस्कीको लिलामी गर्दैछ । उक्त एक बोतल ह्विस्कीको मूल्य १२ लाख पाउण्ड अर्थात् झण्डै १६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

६० वर्ष पुरानो उक्त म्याकलेन १९२६ ब्राण्डको ह्विस्की लिलामीमा बेचिने करिब दुई हजार बोतलमध्येको एक हो । पहिलो दुई हजार बोतल गत डिसेम्बरमा बिक्री गरिएको थियो ।

समाचार अनुसार अमेरिकाको कोलोरोडोका एक निजी संग्रहकर्ता मिस्टर गुडिङले पुरानो ह्विस्कीका चार हजार बोतल जम्मा पारेका रहेछन् । उनले आफ्नो उक्त कलेक्सनको लिलामी गरेका हुन् । लिलामीको क्रममा द म्याकलेनसँगै बोभमोर तथा स्प्रिङ बैङ्क डिस्टिलरीज जस्ता ब्राण्डका दुर्लभ बोतलहरू पनि सामेल छन् ।

गत डिसेम्बरमा भएको पहिलो लिलामीमा ५६ देशका १६ सयभन्दा धेरैले बोली लगाएका थिए । त्यसक्रममा दुई हजार ह्विस्कीका बोलतको झण्डै ५० करोड डलर परेको थियो ।

अहिलेको लिलामीमा सबैभन्दा महँगो ह्विस्कीको १६ करोडसँगै सबै ह्विस्की लिलामीबाट कुल सवा अर्ब रुपैयाँसम्म रकम उठ्ने अनुमान गरिएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment