Comments Add Comment

समस्यामा परेकाहरूलाई घरमै राहत पुर्‍याउने प्रदेश २ सरकारको निर्णय

७ वैशाख, जनकपुरधाम । कोराना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिउको लकडाउनका कारण समस्यामा परेकाहरुलाई प्रदेश २ सरकारले घरमै राहत पुर्‍याइदिने बताएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।

पहिलो चरणमा स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याइएको थियो । तर कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासो आएपछि प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने बनाएको हो ।

स्थानीय तहले बुझाएको पीडित परिवारहरुको सूचीका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरी वडालाई जिम्मा लगाउने र वडाले २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रदेश सरकारको निर्णय छ ।

स्थानीय तहले बुझाएका सूचीमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरी वास्तविक पीडितको पहिचान गरिने प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । यो रकमले कोरोना परीक्षण गर्न पीसीआरसहितका उपकरणहरु खरिद गरिने बताइएको छ ।

त्यसैगरी कोरोना विरामीहरुको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment