Comments Add Comment

भारतमा आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

दार्चुला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर घर पठाउने तयारी

आइतबार प्रशासनको पहलमा नेपाल ल्याइएका भट्ट सुरक्षाकर्मीका साथ ।

७ वैशाख, काठमाडौं । लकडाउनका कारण भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आज नेपाल ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा भट्टलाई आइतबार दिउँसो नेपाल ल्याइएको हो ।

भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्‍यापिड टेस्टको नतिजापछि टुंगिने प्रजिअ पौडेलले बताए ।

‘जिल्ला अस्पतालमा भट्टको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरेका छौँ । रिपोर्ट नेगेटिभ आएमा आएमा उहाँलाई आजै घर पठाइने छ,’ प्रजिअ पौडेलले भने ।

रिपोर्ट पोजेटिभ आएमा भने अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने उनले जानकारी दिए ।

रोजगारीका लागि भारत गएका शैल्यशिखर नगरपालिका–१ का भट्ट लकडाउनका कारण धार्चुलास्थित क्वारेन्टाइनमा आश्रय लिइरहेका थिए । यही बसिरहेका बेला केही दिनअघि आमाको मृत्यु भएपछि उनी त्यही काजकिरिया बसेका थिए । भट्टलाई काजकिरियाका लागि नेपाल ल्याउनुपर्ने चौतर्फी दबाब परेपछि प्रशासनको पहलमा आइतबार ल्याइएको हो।

लकडाउनपछि दार्चुलापारि धार्चुलामा पाँच सय ५० भन्दा बढी नेपाली रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment