Comments Add Comment

क्यानडामा गोली हानेर १० जनाको हत्या, आक्रमणकारी पनि मारिए

८ बैशाख, काठमाडौं । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेका छन् । प्रहरीको कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई ‘भयानक’ भनेका छन् । यसैगरी नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले यो प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती बन्दुकधारी पनि मारिएका थिए ।

नोवा स्कोटिया प्रहरीले ट्वीट गरेर आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ । उनले प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेका थिए ।

क्यानडामा गोलीकाण्डका घटना कमै हुने गर्दछन् किनभने व्यक्तिगत रुपमा बन्दुक राख्ने कानुन छिमेकी देश अमेरिकाको भन्दा निकै कडा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment