Comments Add Comment

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार ६० मा पुगेको हो ।

पछिल्लो २४ घण्टामा बेलायतमा पाँच सय ९६ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा कम हो । अघिल्लो २४ घण्टामा बेलायतमा आठ सय ८८ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यद्यपि यो संख्या बेलायतका अस्पतालमा मृत्यु हुनेको संख्या मात्र हो । अस्पतालभन्दा बाहिर विभिन्न स्याहार केन्द्र वा घरमा नै मृत्यु भएका मानिसको संख्या भने यसमा समावेश गरिएको छैन ।

सरकारले दिएको जानकारी अनुसार अहिलेसम्म एक लाख २० हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment