Comments Add Comment

टेलरले गरिन् यो वर्षका सबै कन्सर्ट रद्द

विश्व चर्चित गायिका टेलर स्विफटले यो वर्षका सबै कन्सर्ट रद्द गरेको जानकारी दिएकी छिन् ।

कोरोना भाइरसका कारण यो वर्षका लागि तय गरिएका उनका सबै कन्सर्टका कार्यक्रम रद्द गर्नु परेको उनको भनाइ छ ।

टेलर सामाजिक सञ्जालमा लेखेकी छिन्-‘म यो वर्ष कुनै पनि कन्सर्टमा देखिने छैन् । यो कुराले म निकै नै दुःखी छु । तर, मलाई थाहा छ कि यो निर्णय सही हो । सकेसम्म चाँडै म तपाईंहरूसँग स्टेजमा मिल्नेछु । तर, सबै जनाको भलाइका लागि यो वर्ष क्वारेन्टाइनमा रहनु नै उत्तम विकल्प हुनेछ ।’

विश्व चर्चित गायिकाले अमेरिका र ब्राजिलका लागि तोकिएको सबै कन्सर्ट अर्को वर्षलाई तय गरिएको बताएकी छिन् । उनको कन्सर्टका लागि दर्शकले लिएको टिकट अर्को वर्षको कार्यक्रममा स्वत: रुपान्तरण हुने पनि जानकारी दिएकी छिन् ।

गायिकाले टिकट रद्द गर्न चाहने दर्शकले आफ्नो पैसा फिर्ता पाउने पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment