Comments Add Comment

कोरोना परीक्षणको दायरा समुदाय स्तरसम्म विस्तार गर्नुपर्छ : देउवा

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षणको दायरा समुदाय स्तरमा विस्तार गर्न आग्रह गरेका छन् ।

आइतबार एक अपिल जारी गर्दै उनले परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने पनि बताएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ३१
निको भएको
मृत्यु
अपडेटः २०७७ वैशाख ८ गते १७:२३ बजे

सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु’ देउवाले अपिलमा भनेका छन्, ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment