Comments Add Comment

ठोरीमा ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

८ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका– ३ मा ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ ।

तीन दिनअघि टिभी हेर्ने क्रममा छिमेकी१४ वर्षीय युवकले बालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले आइतबार आमालाई घटना जानकारी गराएकी थिइन् । छोरीमाथि यौन दुव्र्यवहार भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएपछि घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका १४ वर्षीय युवकले झुक्किएर बालिकाको यौनाङ्गमा हात पुगेको स्वीकारेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment