Comments Add Comment

अध्यादेश बेमौसमी बाजा : कांग्रेस

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउनु बेमौसमी बाजा भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्नु रहेको भन्दै यो बेलामा अरु विषयमा ध्यान लगाउन नहुने उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘बेमौसमी बाजा नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल !’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल त्यागसम्बन्धी व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत मत पुर्‍याए दल त्याग गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेताविना नै बैठक बस्न सक्ने र निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय पनि गरेको छ ।

आकस्मिक रूपमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइएपछि राजनीति तरंगित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment