Comments Add Comment

संक्रमितलाई कोभिड अस्पतालमा सार्न माग

८ वैशाख, वीरगञ्ज । कांग्रेस नेताहरूले कोरोना भाइरस संक्रमितको उपचारका लागि व्यवस्था गरिएको अस्थायी अस्पताल सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले नारायणी अस्पतालबाट नियमित सेवा सञ्चालन गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसियालगायत नेताले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विभिन्न १० बुँदा उल्लेख विज्ञप्तिमा अस्पतालमा उपचार गराइरहेका ४ कोरोना संक्रमितलाई अस्थायी अस्पतालबाट उपचार गर्न माग गरिएको छ । अन्य नयाँ संक्रमित भेटिएमा तिनकाे पनि अस्थायी अस्पतालबाट उपचार गर्नुपर्ने उनीहरूकाे माग छ ।

संघ सरकारले नारायणीलाई लेभल २ को कोरोना अस्पताल घोषणा गरेपछि अस्पतालबाट प्रदान हुने अन्य सेवा बन्द गरिएको छ । सरकारले नारायणीकै सेवा सुविधा सरकारी दररेटमा प्रदान गर्न नेसनल मेडिकल कलेजलाई निर्देशन दिएको छ ।

सरकारी अस्पताल बन्द हुँदा पर्सा,बारा, रौतहट, सर्लाहीसम्मका बिरामी मर्कामा परेको निष्कर्ष उनीहरूको छ । तर आइतबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले अस्पतालका सन्दर्भमा गरिएको सरकारी निर्णय कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, वीरगञ्जमा कोरोना परीक्षण गरिने मुख्यमन्त्रीको घोषणा पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नारायणी अस्पतालमा आएको पीसीआर मेसिन सञ्चालन गर्न बाँकी रहेका उपकरणको अविलम्ब व्यवस्था गर्न उनीहरुले माग राखेका छन् ।

राहतमा देखिएको विभेदले झडपलगायतका घटना भएको भन्दै उनीहरूले सर्वदलीय समितिमार्फत गर्न सुझाएका छन् ।

कटानी, पिसानी, बीउ बिजन ढुवानीलगायत कार्य सहज बनाउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment