Comments Add Comment

सांसद् विकास कोषको बजेट रोजगार प्रवर्द्धनमा लगाउन सुझाव

८ वैशाख, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट रोजगार प्रवर्द्धन र उद्योगमा लगाउन सुझाव दिएको छ ।

सोमबार बसेको समितिको भर्चुअल बैठकले सांसद् विकास कोषलगायतको बजेट स्थानीय उद्योग र रोजगार प्रवर्द्धनमा खर्च गर्न सुझाव दिएकाे हाे ।  लकडाउनले मजदुर, किसान तथा आमसर्वसाधारणमा पारेकाे प्रभाव मूल्यांकन गरेर सम्बाेधन गर्न समितिले भनेकाे छ ।

समितिले विदेशमा रहेका नागरिकको सुरक्षासँगै लकडाउनपछि आमनागरिकले झेलेका समस्या समाधानतर्फ पनि समितिले सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment