Comments Add Comment

अमेरिकामा चार सय संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण गरिने

८ वैशाख, काठमाडौं । स्वीस कम्पनी नोवार्टिस र अमेरिकको बीचमा हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणको विषयमा सम्झौता भएको छ । फर्मा कम्पनीले दिएको जानकारी अनुसार यो परीक्षण अस्पतालमा भर्ना भएका चार सय ४० संक्रमितमा गरिनेछ ।

यो औषधिको प्रयोग औलो रोगको उपचारको लागि दशकौंदेखि हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बिरामीलाई यो औषधिको परीक्षण गर्नुपर्नेमा समर्थन जनाउँदै आएका छन् । तर, अहिलेसम्म यो औषधिले कोरोना संक्रमणमा वास्तवमा कुनै फाइदा गर्छ वा गर्दैन भन्ने कुराको भने कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन ।

नोर्वाटिसले एक बयानमा यो परीक्षणमा औषधिले कोरोना भाइरसका बिरामीलाई फाइदा हुन्छ वा हुँदैन भन्ने कुराको परीक्षण गरिने बताएको छ । अहिले कोरोना भाइरसको महामारी विश्वभर फैलिएको अवस्थामा वैज्ञानिकहरु खोप बनाउने तयारीमा जुटेका छन् । तर, यसको खोप कहिलेसम्म आउँछ भन्ने अझै निश्चित हुन सकेको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment