Comments Add Comment

रिलिज र छायांकनको मौसममै समस्या

विश्वले कोरोना सन्त्रासबाट मुक्ती कहिले पाउँछ, अहिले नै भन्न सकिने अवस्था छैन । कोरोनाको सन्त्रासले मनोरञ्जन क्षेत्र पनि समस्यामा छ ।

नेपाली चलचित्रले गतबर्ष र यो बर्षको सुरुवातमै करोडौ रुपैयाँ गुमाइसकेको छ । यो समस्या कहिलेसम्म निरन्तर रहन्छ, यसै भन्न सकिन्न ।

फागुण, चैत्र र बैशाखको महिना रिलिजका लागि निकै नै सुखद महिना हुन् । यी तिन महिनामा चलचित्रको व्यापार अन्य महिनाको तुलानामा अझै सुखद भएको इतिहास छ ।

तर, यसपटक नेपाली चलचित्रले फागुणको १५ दिन, सिंगै चैत्र र वैशाखलाई गुमाएको छ ।

नयाँ बर्षमा २ घण्टाको जस्तो चलचित्र चलाए पनि कमाउँछ भन्ने तर्क गरिन्छ । यसपटक २ ठूला चलचित्रले यो अवसर पनि गुमाएका छन् ।
नेपाली चलचित्रले रिलिजको मात्र होइन, छायांकनको सुन्दर समय पनि गुमाइरहेको छ ।

छायांकनमा जानका लागि तयार भएका केही चलचित्र अन्यौलमा छन् । असारमा पानी धेरै पर्ने हुँदा निर्माता छायांकनमा जान डराउँछन् ।

वैशाख मात्र होइन, जेठमा पनि चलचित्रको छायांकन सुरु हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन । यसैले, छायांकनका लागि तयार भएका चलचित्रलाई साउनको अन्तिम साता अगाडि छायांकनमा जान समस्या छ ।

यस्तो अवस्थामा, छायांकन अगावै रिलिज मिति तय गरेर बसेका केही निर्माताले आफ्नो योजना पछि सार्नुपर्ने अवस्था आउने निश्चित छ ।
नेपाली चलचित्रले यो समस्याबाट पार पाउन ६ महिना लाग्ने विश्लेषण चलचित्र क्षेत्रकै मानिसहरु गर्दै आएका छन् ।

तर, अहिलेको अवस्था हेर्दा यसले नेपाली चलचित्रलाई यो बर्ष नै ठूलो धक्का दिने कुरामा दुई मत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment