Comments Add Comment

सुदर्शनको सफल हुने सूत्र

निर्देशक सुदर्शन थापा नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी चलचित्र बनाउनका लागि चर्चित छन् ।

सुदर्शन ‘मेरो एउटा साथी छ’देखि ‘प्रेम गीत’हुँदै ‘म यस्तो गीत गाउँछु’सम्म आइपुग्दा लभ स्टोरी चलचित्र निर्देशनमा अगाडि देखिएका छन् ।

उनै, सुदर्शनले करिअरको दौरामा आलोचना पनि खुबै भोगेका छन् । उनी विवादमा पनि नआएका होइनन् । तर, सुदर्शन सफल हुनका लागि यस्ता कुरालाई सामान्य रुपमा लिनुपर्ने तर्क गर्छन् ।

सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै सुदर्शनले भनेका छन्–‘ एउटा सफल व्यक्ति त्यो हो जसले अरुद्वारा फ्याकिएको ढुंगाहरू जोडेर आफ्नो मार्ग तयार गर्छ। सकारात्मक सोच्नुहोस्, सुरक्षित बस्नुहोस् ।’

सुदर्शनले यो भनाइसँगै नायक पल शाह र नायिका पूजा शर्मासँगको तस्वीर से‍यर गरेका छन् ।

सुदर्शनले आफ्नो स्टाटसको माध्यमबाट सफल व्यक्तिको सूत्र मात्र बताएका छैनन्। पछिल्लो केही दिनयता विभिन्न कारणले चर्चामा रहेकी नायिका पूजा शर्मालाई सम्झाउन खोजेको पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment