Comments Add Comment

भैरहवामा कृषि एम्बुलेन्स सञ्चालन

९ वैशाख, बुटवल । लकडाउनको समयमा कृषि उपज विक्रीका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले भैरहवामा कृषि एम्बुलेन्स शुरु गरेको छ ।

प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा मंगलबारदेखि कृषि एम्बुलेन्स सुरु भएको हो ।

कृषकले उत्पादन गरेका तरकारी अहिले त्यत्तिकै खेर जाने अवस्थामा कृषि मन्त्रालयको सहयोगमा जनउत्थान सहकारीले अगुवाई गरेर सुपथ मूल्यमा उपभोक्ताहरुलाई तरकारी बिक्री गर्न थालेको हो ।

किसानले तोकेको मुल्यमा सहकारीले टिकुलीगढ, पश्चिम अमुवा, मर्चवार, शुद्धोधनलगायत ग्रामीण क्षेत्रबाट ताजा हरियो तरकारी भैरहवा ल्याएर वितरण गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

सिद्धार्थनगर नगरपालिका भारतीय सीमासंग जोडिएको र खुल्ला सिमाना भएका कारण भारतबाट तरकारी आइरहेकाले कोरोना भाइरसको जोखिम बढेको अवस्थामा स्थानीय तरकारी विक्रिलजोखिम पनि घट्ने उनले बताइन् । सहकारीले भैरहवामा प्रत्येक टोल–टोलमा तरकारी बिक्री केन्द्र र र समय तोकेर भिड नहुने गरी तरकारी विक्रि गर्ने व्यवस्था गरेको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित अन्नपूर्ण टोलबाट कृषि एम्बुलेन्सको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन् गरिन् । उनले कृषि एम्बुलेन्समार्फत किसानका उत्पा दन निर्वाध बजारसम्म पुग्ने र उपभोक्ताले सुपथ मूल्यमा पाउने बताइन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले कृषि एम्बुलेन्स सञ्चालनले किसान र नगरवासी दुबै लाभान्वित हुने बताए । यसअघि रुपन्देहीको देवदह र तानसेनमा पनि कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment