Comments Add Comment

वीरगञ्जका किराना पसल नखुल्ने, होम डेलिभरी गर्ने

९ वैशाख, वीरगञ्ज । वीरगञ्जका किराना पसल नखुल्ने भएका छन् ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारसँगको समन्वयमा किराना पसलले होम डेलिभरी गर्ने भएपछि पसल बन्द गरिएका हुन् । पसल खोल्ने समय परिवर्तन गर्दा त्यसबारेमा सर्वसाधारणलाई जानकारी दिने गरिएको भए पनि यसपटक जानकारी दिइएन ।

मंगलबार अचानक माइस्थान, मीनाबजार र पानगल्लीका किरानापसल बन्द गरिए । ती क्षेत्रका २१ वटा किराना र खाद्यान्न पसलले ग्राहकलाई आवश्यक सामान होम डेलिभरी गर्न सहमति जनाएका छन् । सामान अर्डर गर्न उनीहरूको फोन नम्बर सार्वजनिक गरिएको छ ।

न्यू श्री गणेश किराना स्टोर माइस्थानका सञ्चालक डबल रौनियारले सामान होम डेलिभरी सुरु गरिएको जानकारी दिए । ‘पहिलो दिन भएकाले नियमित सामान लैजाने ग्राहकले मात्रै मगाएका छन्,’ उनले भने ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खोल्दा पनि माइस्थान क्षेत्रमा सर्वसाधारणको भीड कम हुन नसकेपछि होम डेलिभरीको विकल्प खोजिएको हो ।

सर्वसाधारणले सामाजिक दूरी पालना नगरिदिएपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने स्थिति बनेको थियो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले उपभोग्य वस्तुका पसलले होम डेलिभरी सुरु गरेकाले अब भीड नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment