Comments Add Comment

बार्सिलोनाले नोउ क्याम्पको नाम बेचेर कोरोनाविरुद्ध लड्न सहयोग गर्ने

९ बैशाख काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले आफ्नो घरेलु फुटबल मैदान नोउ क्याम्पको नाम बेचेर कोरोना भाइरस महामारी विरुद्ध लड्न रकम उठाउने भएको छ ।

क्लबको एक्जुकेटिभ बोर्डले मंगलबार त्यसबापत उठ्ने सबै रकम कोरोना महामारी विरुद्ध लड्न दान गर्ने जनाएको छ ।

बार्सिलोनाले २०२०-२१ सिजनको लागि नोउ क्याम्पको स्पोन्सर राख्न लागेको हो । यसका लागि क्लबले बार्सा फाउण्डेसनलाई स्पोन्सर खोज्न भनेको छ ।

क्याटलान क्लब बार्सिलोनाले पहिलो पटक नोउ क्याम्पको नाम बेच्न लागेको हो । सन् १९५७ मा स्थापना भएयता नो क्याम्पको कुनै स्पोन्सर छैन ।  नोउ क्याम्प युरोपको ठूलो रंगशाला हो, जसमा ९९ हजार दर्शक क्षमता छ ।

क्लबको स्टेडियममको स्पोन्सर खोज्ने बारे क्लबका भाइस प्रेसिडेन्ट कार्डोनेरले यसबाट विश्वभर सन्देश दिन खोजेको बताए । उनले भने, ‘हामी विश्वव्यापी रुपमा सन्देश दिन चाहन्छौँ । पहिलो पटक कसैले नोउ क्याम्पमा आफ्नो नाम राख्ने अवसर पाउँदैछ र यसबाट उठेको रकम मानवियताको लागि खर्च हुनेछ, बार्सिलोनाको लागि मात्र होइन ।’

सन् २०२० अघिसम्म बार्सिलोनाको जर्सी स्पोनसर समेत थिएन । २०१० मा बार्सिलोनाले कतार फाउण्डेसनसँग जर्सीको स्पोनसरको लागि सम्झौता गरेको थियो ।

च्यारिटीको लागि बार्सिलोनाले सन् २००६ देखि जर्सीमा युनिसेफको लोगो भने राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment