Comments Add Comment

सुरक्षाकर्मीका लागि रोहितले उपलब्ध गराए ८ होटल

बलिउडका सफल निर्देशक रोहित सेट्टी आफ्नो कामका कारण पनि चर्चामा छन् । उनले निर्देशन गरेका चलचित्रहरू हिट छन् । मसला चलचित्र बनाउनमा रोहित माहिर मानिन्छन् ।

रोहित सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। हालै मात्र रोहितले गरेको एक कामको सर्वत्र चर्चा भइरहेको छ ।

रोहितले मुम्बई प्रहरीका लागि सहरका विभिन्न ८ होटलहरू उपलब्ध गराएका छन् । यी होटलमा काम गरिरहेका प्रहरीहरूले आराम गर्न सक्नेछन् । साथमा, उनीहरूका लागि यी होटलमा खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।

मुम्बई प्रहरीले यसबारे जानकारी दिँदै रोहितलाई धन्यवाद पनि दिएको छ ।

लकडाउनका कारण मानिसहरू घर भित्र रहेपनि सुरक्षाकर्मीहरू भने सडकमै छन् । यसैले पनि उनीहरूको दैनिक जीवनमा केही न केही प्रभाव त परिरहेको भन्दै यस्तो सहयोग गरेका हुन्। रोहितको यो कामले आफूहरूलाई ठूलो सहयोग मिल्ने प्रहरीले उल्लेख गरेको छ।

रोहितले मे ३ सम्मका लागि ८ होटलहरूमा यो सुविधाको व्यवस्था गरेका छन् । उनले, बलिउडमा काम गर्ने मजदुरहरूका लागि ५१ लाख रुपैयाँ सहयोग पनि गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment