Comments Add Comment

सानिमा बैंकद्वारा कोरोनाविरुद्ध १ करोड ६८ लाख रुपैयाँ सहयोग

११ वैशाख, काठमाडौं । सानिमा बैंक लिले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ ।

जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको छ ।

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ-आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो ।

यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु म्ाार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment