Comments Add Comment

स्पेनमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या एक महिनायताकै कम

१२ वैशाख, काठमाडौं । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक महिनायताकै कममा झरेको हो ।

पछिल्लो २४ घण्टामा स्पेनमा तीन सय ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सख्या पनि २२ हजार पाँच सय २४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याको हिसाबमा स्पेन अमेरिका र इटालीपछि तेस्रो स्थानमा छ ।

संक्रमितको हिसाबमा भने स्पेन अमेरिकापछि सबैभन्दा धेरै प्रभावित मुलुक हो । अहिलेसम्म स्पेनमा करिब दुई लाख २० हजार मानिस संक्रमित भइसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment