Comments Add Comment

चीनमा थपिए कोरोनाका १२ संक्रमित

१३ वैशाख, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा १२ जनामा मानिसमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण देखिएको छ । अघिल्लो दिन चीनमा केवल ६ जनामा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका थिए । शनिबार चीनको नेशनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांक अनुसार भेटिएका १२ मध्ये ११ संक्रमण आयातित हो ।

चीनमा पछिल्लो २४ घण्टामा लक्षण नदेखिएका २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसमध्ये चारओटा संक्रमण आयातित हो । लक्षण नदेखिएका संक्रमितको संख्या अघिल्लो दिन ३४ ले बढेको थियो ।

चीनमा यससँगै समग्र संक्रमितको संख्या ८२ हजार आठ सय १६ पुगेको छ । मृत्यु हुनेको संख्या चार हजार ६ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । चीनमा लगातार दोस्रो दिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

स्रोत : अल जा जीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment