Comments Add Comment

गलत सुझाव दिएको भन्दै ट्रम्पको आलोचना

अमेरिकामा अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आलोचना भइरहेको छ । कोरोना भाइरस (कोभिड-१९) को विषयमा दिएको सल्लाहको कारण अहिले उनको आलोचना भएको हो ।

ट्रम्पले राष्ट्रपतिट कार्यालय ह्वाइटहाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा रोगाणुनाशक (डिसइन्फेक्शन मेटेरियल)लाई शरीरभित्र पठाएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि भन्ने विषयमा अनुसन्धान गरिनुपर्ने बताएका थिए । यद्यपि उनले आफू डक्टर नभएको र आफूले त केवल यस्तो हुन सक्छ कि भनेर जिज्ञासा व्यक्त गरेको बताएका थिए ।

विशेषज्ञहरुले उनको भनाइलाई मानिसहरुले साँचो मान्न सक्ने भन्दै आपत्ति प्रकट गरेका छन् । सर्जन डाक्टर जोनाथन स्पाइसरका अनुसार यी डिसइन्फेक्शन मेटेरियल यति खराब हुन्छन् कि शरीरको भित्री भागलाई कमजोर बनाइदिन्छन् ।

न्युयोर्क सिटीकी हेल्थ कमिशनर ओक्सिरिस बारबोट यस्ता डिस इन्फेक्शन मेटेरियलहरु इन्जेक्शन, पिउने वा छालामा लगाउनाले मात्र पनि मानिसको शरीरमा निकै हानिकारक बन्न सक्ने बताउँछिन् ।

ट्रम्पले प्रेस ब्रिफिङको क्रममा अल्ट्राभायलेट किरणको प्रयोग गरेर पनि कोरोना भाइरसविरुद्ध लड्न सकिने बताउका थिए । इम्युनालोजिस्ट डाक्टर डोना फार्बर यो किरण आफैं शरीरभित्र नजाने र शरीरभित्र पुर्‍याए पनि यो भाइरसम्म पुग्न नसक्ने बताउँछन् ।

यतिमात्र होइन, हामी यो किरणको सम्पर्कमा मात्र आए पनि यो निकै हानिकारक हुन्छ । यसले मानिसको डीएनएमा नै नोक्सान पुर्‍याउँछ । त्यसैले यसको प्रयोग गर्नुभन्दा शरीरलाई आफैं कोरोना भाइरसविरुद्ध लड्न दिनु राम्रो हुने उनको भनाइ छ ।स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment