Comments Add Comment

‘हामी छौं’अभियानमार्फत पैदलयात्रुलाई खाजा वितरण

१३ वैशाख, काठमाडौं । ‘हामी छौं’अभियान अन्तरगत  हेडौंडाका लायन्स तथा लियो क्लवहरूले पूर्व-पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग भई आफ्नो घर पुग्न हिँडेका यात्रुलाई खाना खुवाउने क्रम जारी राखेका छन् ।

क्लबहरुले बिगत १८ दिनदेखि पैदल यात्रीहरु र हेटौडा नगरभित्रका सुरक्षाकर्मीहरूलाई एरिया-२ का सम्पूर्ण खाजा तथा पानीको व्यवस्था  गरिरहेका हुन् ।

दैनिक ४५० जनाको लागि खाजाको व्यवस्था गर्ने गरिएको क्लबहरुले बताएका छन् । इच्छुकलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment