Comments Add Comment

साउदी अरेबियामा हट्यो कोर्रा लगाउने सजाय

१३ वैशाख, काठमाडौं । साउदी अरेबियामा अब कोर्रा लगाउने सजाय हट्ने भएको छ । साउदी अरेबियाको सर्वोच्च अदालतले आफ्नो निर्देशनमा कोर्राको सट्टा जेल वा जरीवानाको सजाय तोक्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले दिएको यो निर्देशनलाई साउदी अरेबियाका राजा सलमान, युवराज मोहम्मद बिन सलमानको मानव अधिकार सुधार तथा विस्तारको नीतिको हिसाबमा हेरिएको छ ।

साउदी अरेबियाको केही नियम तथा गत वर्ष साउदी पत्रकार जमाल खाशोग्जीको हत्याको विषयलाई लिएर धेरै आलोचना हुने गरेको छ । आलोचक समूह र मानवाधिकार कार्यकर्ताले साउदी अरेबिया सबैभन्दा धेरै मानव अधिकार उल्लङ्घन हुने मुलुकको रुपमा बताउँदै आएका छन् । यहाँ अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध छ र यहाँ शासनविरुद्ध बोल्नेलाई गिरफ्तार गर्न सक्ने नियम छ ।

पछिल्लो पटक साउदी अरेबियामा कोर्रा लगाउने घटना सन् २०१५ मा सार्वजनिक भएको थियो । जतिबेला साइबर क्राइमको आरोपमा ब्लगर रेफ बादावीलाई सार्वजनिकरुपमा कोर्रा लगाइएको थियो । उनलाई इस्लाम धर्मको अपमान गरेको आरोप पनि थियो ।

उनलाई सन् २०१२ मा गिरफ्तार गरिएको थियो । उनलाई १० वर्षको जेल सजाय तथा एक हजार कोर्रा लगाउने सजाय दिइएको थियो । यो सजायको मानव अधिकार संस्थाहरु र अमेरिकाले भत्र्सना गरेका थिए । पछिल्लो समय साउदी अरेबियाले समाज सुधारको लागि ल्याएको केही योजनाले आगामी दिनमा यसको बिग्रिएको छविमा सुधार आउन सक्ने बताइएको छ ।

तर, पछिल्लो समय सरकारविरुद्ध बोल्नेलाई निरन्तर गिरफ्तार गर्ने क्रम चलिरहेको कारण साउदी अरेबियामाथि अझै पनि आशंका भने कायमै छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

…अब त के बाँचुला र ?

Advertisment