Comments Add Comment

निको भइसकेकामा पुनः संक्रमण हुँदैन भन्ने छैन : डब्ल्यूएचओ

१३ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको संक्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएको बताएको छ । साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन सक्ने संक्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ । एकपटक निको भइसकेका बिरामीमा पुनः यो भाइरसको संक्रमण हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्ने डब्ल्यूएचओले बताएको छ ।

केही मुलुकहरुले कोरोना भाइरसको एन्टिबडी विकास भएका मानिसमा पुनः कोरोना भाइरसको संक्रमण नहुने सुझाव दिइरहेको भन्दै डब्ल्यूएचओले यस्तो कार्यले कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने बताएको छ ।

डब्ल्यूएचओले अहिले पनि एन्टिबडीले भाइरसविरुद्ध कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment